सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : पुटिन


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6764
    फागुन ६, २०८० आइतबार
    रूसका लागि युक्रेन युद्ध जीवन र मृत्युको सवाल : पुटिन

    युक्रेनका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको युद्धभूमिमा भएका घटना रूसका लागि ‘जीवन र मरणको विषय’ भएको बताएका छन् ।

    क्रेमलिनले आफ्नो जनसङ्ख्यामा देशभक्तिको भावना जगाउनका लागि लगभग दुई वर्ष लामो द्वन्द्वलाई रूसको अस्तित्वको लडाइँको रूपमा पटक–पटक प्रस्तुत गर्दै आएको छ ।

    पुटिनले रूसी सरकारी टिभीसँगको अन्तर्वार्तामा भने, “मलाई लाग्छ अझै पनि हामी आफैले र अझ बढी विदेशमा रहेका हाम्रा श्रोता र दर्शकहरूका लागि हाम्रो सोच्ने तरिका बुझ्न महत्वपूर्ण छ ।”

    “युक्रेनको मोर्चामा जे भइरहेको छ : उनीहरूका लागि यो उनीहरूको रणनीतिक स्थितिको सुधार हो । यो रूसका लागि जीवन र मृत्युको विषय पनि हो र भाग्य पनि हो,” उनले भने ।

    पुटिनले अमेरिकी ‘टक शो’ प्रस्तोता टकर कार्लसनलाई दिएको दुई घण्टा लामो अन्तर्वार्ताको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

    उक्त अन्तर्वार्तामा पुटिनले रूसी इतिहासबारे लामो कुराकानी गरेका थिए र युक्रेनको राज्यका बारेमा निरन्तर प्रश्न उठाएका थियो ।

    “पश्चिमा र अमेरिकी श्रोता तथा दर्शकका लागि यो सजिलो थिएन । “कार्लसन अन्तर्वार्तामा पुटिनको लामो, ऐतिहासिक विचारबारे सोधिएको प्रश्नमा पुटिनले भने । उनले भने, “संयुक्त राज्य अमेरिकाको इतिहास लगभग ३०० वर्षको छ, र मैले त्योभन्दा अघिको कुरा गर्दै छु । त्यसैले मलाई लाग्छ, अमेरिकी दर्शकका लागि यो बुझ्न सजिलो छैन ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij