सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : पछिल्लो चौबीस घण्टामा मध्य गाजामा इजरायली बमबारीमा ४० जनाको मृत्यु


  • 460
    SHARES
  • https://indrenipost.com/posts/6855
    फागुन ११, २०८० शुक्रबार
    अपडेट : पछिल्लो चौबीस घण्टामा मध्य गाजामा इजरायली बमबारीमा ४० जनाको मृत्यु

    मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।

    प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजराइली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा शहिद अस्पतालमा सारिएको बताएको छ ।

    सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पुर्याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।

    चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा शहीद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij