सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

रुसद्वारा आणविक हतियारको प्रक्षेपण


  • 397
    SHARES
  • https://indrenipost.com/posts/7063
    फागुन २०, २०८० आइतबार
    रुसद्वारा आणविक हतियारको प्रक्षेपण

    सले फेरि एकपटक पश्चिमी देशलाई आतंकित बनाएको छ । रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तरमहादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ ।

    क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गर्नु भएको मन्त्रालयले जनाएको छ । पुटिनले नेटो देशहरूलाई आणविक युद्धको चेतावनी दिएको दुई दिनपछि यो परीक्षण गरिएको हो ।   

    समाचार एजेन्सी तासका अनुसार अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘राज्य परीक्षण कोस्मोड्रोम प्लेसेत्स्कमा योष्कर ओला मिसाइल संरचनाका कर्मचारीहरूले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘पीजीआरके यार्स’ प्रक्षेपण गरेका छन ।

    यो मोबाइलमा आधारित क्षेप्यास्त्र हो, अर्थात् ट्रकको मद्दतले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । यो मिसाइलमा धेरै वार हेडहरू छन् ।’ हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा पश्चिमा देशहरुको बढ्दो संलग्नता प्रति चिन्ता व्यक्त गरेका थिए ।

    पुटिनले युक्रेनकोतर्फबाट नेटो देशहरू युद्धमा सामेल भए  ‘अन्तर्राष्ट्रिय आणविक युद्ध’को जोखिम बढ्ने बताएका थिए । दुई घन्टाको भाषणमा पुटिनले पश्चिमा नेताहरुलाई लापरवाह र गैर जिम्मेवार भएको बताए ।

    यस क्रममा उनले आणविक द्वन्द्वको वास्तविक खतराबारे चेतावनी दिए। यदि आणविक युद्ध भयो भने यसले ‘हाम्रो सभ्यताको विनाश’ निम्त्याउन सक्ने उनले बताए।   पुटिनले भने,  ‘हामीसँग पश्चिमी क्षेत्रमा आक्रमण गर्न सक्ने हतियार पनि छ ।

    हामीले नेटो देशलाई धम्की नदिई सुझाव दिइरहेका छौं । युक्रेनसँग नाटो देशहरूको सम्बन्धले आणविक द्वन्द्वको वास्तविक खतरा खडा गर्छ, जसको अर्थ हाम्रो सभ्यताको विनाश हुनेछ ।’ आरएस–२४ (यार्स) मिसाइल २३ मिटर लामो र मोबाइलमा आधारित बनाइएको छ ।

    रुसको एमआईआरभी यार्स मिसाइल धेरै आणविक हतियार पुर्‍याउन सक्षम छ। यसबाट यो धेरै लक्ष्यहरू प्रहार गर्न सक्षम छ। यो यार्स टोपोल एम मिसाइल प्रणालीको परिमार्जित संस्करण हो ।  

    रूससँग विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, जसमा करिब ५,८८९ आणविक हतियार छन् । संयुक्त राज्य अमेरिका लगभग ५८८९ आणविक हतियारसँग दोस्रो स्थानमा छ। रूस र संयुक्त राज्य अमेरिका दुवैले विश्वको ९० प्रतिशत आणविक हतियारहरू नियन्त्रण गर्छन्, प्रत्येक देशद्वारा लगभग १६७० रणनीतिक आणविक हतियारहरू प्रयोग गरिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij