बिहीबार , असार १९ गते २०८२ Jul 03 2025 Thursday
images
images

कोभिड-१९ विरुद्ध खोप

असोज १ गतेसम्म चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप ल्याइँदै

हतारमा वैदेशिक रोजगरीको यात्रा तय नगर्न स्वास्थय मन्त्रालयको अनुरोध


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/659
    भदौ २९, २०७८ मंगलबार
    असोज १ गतेसम्म चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप ल्याइँदै

    काठमाडौँ । सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने रणनीति अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप ल्याउने सम्झौता गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज मसान्तसम्ममा कुन जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना सरकारले बनाएको छ ।

    त्यसैअनुसार ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ । आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा.सागर दाहालले बताए ।

    महाशाखाले वैदेशिक रोजगारीमा जानेहरूलाई एकै मात्रा लगाए पुग्ने जानसिन खोप भने सकिएको बताएको छ । खोपको बारेमा जानकारी लिएर मात्रै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्न पनि प्रमुख दाहालले अनुरोध गरे । 

    १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । ६० लाख माा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको जनाएको छ ।

    सङ्क्रामक रोग विशेषज्ञ डा.विराज कर्माचार्यले कोरोनाबाट जोगिनका लागि खोप नै सबैभन्दा उत्तम विकल्प भएको बताए । 

    नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९.४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

    मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने दरमा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार ९ सय ५८ रहेको छ । एक साता अघि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ७३ रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij