बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

समाचार

बस व्यवसायीको दादागिरी : पारे सडक ठप्प, यात्रु अलपत्र


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1002
    असोज १८, २०७८ सोमबार
    बस व्यवसायीको दादागिरी :  पारे सडक ठप्प, यात्रु अलपत्र

    काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य बढ्दा पनि भाडा समायोजन नभएको भन्दै सार्वजनिक बस व्यवसायी हड्तालमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मुल्य बढेको अवस्थामा भाडा पनि बढ्नुपर्ने माग गर्दै उनीहरु हड्तालमा उत्रेका हुन् ।

    सोमवार बौद्धदेखि चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मुल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि १५ रुपैयाँ नै भाडा कायम रहेकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस चालक प्रेम बम्जनले बताए । 

    तेलको भाउ ८० रुपैयाँबाट ११३ रुपैया पुगिसक्यो प्रतिलिटरको । तर भाडा पहिलेकै १५ रुपैयाँ नै छ । हाम्रो माग कम्तीमा भाडा २० रुपैयाँ पुर्‍याइदेउ भन्ने हो,ु बम्जनले भने ।

    बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प भएका छन् । बस ठप्प भएपछि यात्रुहरु भने अलपत्र परेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij