बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १०३० जनामा संक्रमण पुष्टि


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1013
    असोज १८, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १०३० जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५  हजार ८९३ जनाको पिअिसार परीक्षण गर्दा ८१२ र ४ हजार ९८१ जनाको एन्टीजेन परीक्षण गर्दा २१८ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर एक हजार जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १५ हजार ५३४ होम आइसोलेसनमा रहेका छन् । 

    संस्थागत आइसोलेसनमा एक हजार १५२ संक्रमित छन् भने  ३५१ जना आइसियुमा र ११८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij