बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कर्णाली प्रदेशका ३० शिक्षकहरु सम्मानित


  • 289
    SHARES
  • https://indrenipost.com/index.php/posts/9407
    असार १७, २०८२ मंगलबार

    सुर्खेत, १७ असार  कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । 

    सो कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उहाँहरूलाई सम्मान एवं पुरस्कार बितरण गरेका थिए। 

    पुरस्कृत एवं सम्मानित हुने शिक्षकहरूमा कालीकोट जिल्ला बाट चन्द्रप्रसाद कोइराला, यशोधरा शर्मा, कृष्णप्रसाद बराल रहेका छन । यस्तै, सल्यानबाट जीवनकुमार रावत, धर्मराज घर्ती, बालाराम वली, रुकुम पश्चिमबाट शशीराम विश्वकर्मा, कृष्णराज केसी, लक्ष्मी वली पुरस्कृत भएका छन। जुम्लाबाट टङ्कबहादुर महत, परेकराज खत्री र आनन्दाकुमारी बोहरालाई सम्मान गरिएको छ । 

    यसैगरी हुम्लाबाट धनश्याम शर्मा, गीता हमाल र धनबहादुर ऐडीलाई सम्मान गरिएको छ । डोल्पाबाट प्रकास थापा, नरदेव रोकाय र पद्यमाकुमारी बुढा रहेका छन् । मुगुबाट सुवास रावल, रामप्रसाद सेजुवार, जयपुरा खडका कार्की पुरस्कृत भएका छन। 

    यस्तै, जाजरकोटबाट अच्युुतप्रसाद शर्मा, लक्ष्मी खत्री, जयबहादुर थापा रहेका छन । दैलेखबाट पार्वतीकुमारी शर्मा, टेकबहादुर सिजापती र टेकबहादुर विक छन भने सुर्खेतबाट भूपेन्द्रबहादुर सिंह, भोजकुमारी पौडेल र द्धोणराज पाठक, लाई पुरस्कृत गरिएको छ । 

    सम्मानित शिक्षकहरुलाई जनही रु ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराएको थियो । प्रत्येक जिल्लाबाट माध्यमिक, निम्नमाध्यामिक र प्राथमिक तहका एक÷एक गरी तीन जना छनोट गरिएका थिए । त्यसमा एक जना महिला अनिवार्य गरिएको निर्देशनालयले जानकारी दिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij