बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोभिड-१९ अद्यावधिक

पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, ९६८ जनामा कोरोना संक्रमण


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1032
    असोज १९, २०७८ मंगलबार
    पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, ९६८ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो । 

    गत २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ११ हजार ५८२ जनाको पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनाको एन्टिजेन परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो । 

    गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । हाल देशभर सक्रिय संक्रितको संख्या १६ हजार २४८ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij