ललितपुर । ललितपुरमा आज (बुधबार)बाट १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ ।
जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई कोभिडविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
भेरोसेलको पहिलो डोज लिनका लागि तोकिएका खेपकेन्द्रमा सम्पर्क गर्न पनि स्वास्थ्य कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । चाडपर्वको समयमा बढ्ने भिडभाडले कोभिड १९ को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको सूचनामा उल्लेख छ ।