बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोरोना कहर

चीनले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/1048
    असोज २०, २०७८ बुधबार
    चीनले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने

    काठमाडौं । उत्तरी छिमेकी चीनले नेपाललाई थप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने भएको छ । चिनियाँ राजदूत होउ यान्छीसँग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटवार्तापछि राज्यमन्त्री उमेश श्रेष्ठले यसको पुष्टि गरेका हुन् । 

    उक्त भेटमा चिनियाँ सरकारले थप १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको जानकारी राजदूत यान्छीले दिएकी हुन् । चीनले नेपाललाई दिन लागेको १० लाख डोज कोरोना खोप सिनोभ्याक कम्पनीले उत्पदान गरेको हो । यो खोप ल्याउन दुई छिमेकी देशका अधिकारीहरु छलफलमा रहेका छन् । 

    मन्त्री श्रेष्ठका अनुसार नेपालमा आउनसक्ने कोरोना भाइरसको तेस्रो लहरसँग जुध्न आवश्यक पूर्वाधार निर्माणका लागि चीनले ९ करोड २४ लाख रुपैयाँ (५० लाख चिनियाँ युआन) पनि अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

    यसैबीच चिनियाँ जनमुक्ति सेनाले पनि नेपाली सेनाका लागि तीन लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरिसकेको छ । यसअघि पनि चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदानमा दिएको थियो । चीनले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सरकारले भेरोसेलको अन्य मात्रा पनि चीनबाट किनेर ल्याएको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij