आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

शेयर बजार

नेप्सेमा १३.४ अंकको बृद्धि, ५ अर्ब ३९ करोडको कारोबार


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/1483
    कात्तिक ११, २०७८ बिहीबार
    नेप्सेमा १३.४ अंकको बृद्धि, ५ अर्ब ३९ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको छ ।

    बुधबार नेप्से १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । त्यस्तै, आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

    बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।      

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।  

    त्यस्तै, आज एभरेस्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २९ भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij