काठमाडौं । ठूलो बिवादका बाबजुद काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।
आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी छन । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
बजेट ल्याउनुअघि मेयर बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने भए पनि काठमाडौं महानगर भित्रको आन्तरिक किचलोका कारण ढिला भएको थियो।