आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा ५५.५० अंकको बृद्धि, कारोबार पनि बढ्यो


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1517
    कात्तिक १४, २०७८ आइतबार
    नेप्सेमा ५५.५० अंकको बृद्धि, कारोबार पनि बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज ५५.५० अंकले बढेर दुई हजार ८ सय ३७ दशमलब ६१ विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।    

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस उर्जा लिमिटेड, रैराङ हाइड्रोपावर कमपनी, कामना सेवा विकास बैंक, सानिमामाई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट रहेको छ ।

    यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ । त्यस्तै, आज एभरेस्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ ।

    यस बैंकको आज ३१ भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij