आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1525
    कात्तिक १५, २०७८ सोमबार
    सेयर बजार दोहोरो अंकले ओरालो, कारोबार रकम सात अर्ब माथि

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से) मा दोहोरो अंकको गिरावट आएको छ । साेमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

    २२६ कम्पनीले १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ । साेमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ ।

    बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् ।

    मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ । 

    त्यस्तै, साेमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेव विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij