आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

नेप्सेमा सामान्य अंकको बृद्धि, ६ अर्ब ५५ करोड बरारको कारोबार


  • 910
    SHARES
  • https://indrenipost.com/index.php/posts/1554
    कात्तिक १७, २०७८ बुधबार
    नेप्सेमा सामान्य अंकको बृद्धि, ६ अर्ब ५५ करोड बरारको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको बृद्धि भएको छ । नेप्से आज ५.२२ अंकले बढेर दुई हजार ८ सय ४८ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ६ अर्ब ५५ करोड ३० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बाहेक अन्य सबै समूह बढेका छन् ।      

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा +उच्च बृद्धि हुने महालक्ष्मी विकास बैंक, साहस उर्जा कम्पनी र आईसीएफसी फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज छ्याङदी हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंक भएको छ । यस बैंकको आज एक अर्ब १७ करोड भन्दा बढीको कारोबार भएको छ ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij