आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण

निजी आवास पुनर्निर्माणका लागि सरकारले २९ करोडभन्दा बढी रकम पठायो


  • 2.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1576
    कात्तिक २१, २०७८ आइतबार
    निजी आवास पुनर्निर्माणका लागि सरकारले २९ करोडभन्दा बढी रकम पठायो

    काठमाडौं । सरकारले मनसुनजन्य विपद् प्रभावित २२ जिल्लाका नागरिकलाई निजी आवास पुनर्निर्माणका लागि २९ करोडभन्दा धेरै रकम पठाएको छ ।

    ‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुननिर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७’ कार्यान्वयनका लािग सरकारबाट प्राप्त भएको ३० करोड ४५ लाखबाट विपद् व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बराबरको उक्त रकम पठाएको हो ।

    गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले म्याग्दी, धनकुटा, भोजपुर, बाजुरा, बागलुङ, दार्चुला, तनहुँ, नुवाकोट, सिन्धुपाल्चोक लगायत जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीलाई अघिल्लो आर्थिक वर्षमा रकम पठाइएको प्राधिकरणका उपसचिव डा डिजन भट्टराईले जानकारी दिए ।

    २२ मध्ये मनसुनजन्य विपद्बाट कालिकोटका ९ सय ४७ घरपरिवार प्रभावित भएको पाइएको छ भने अघिल्लो आर्थिक वर्षमा सबैभन्दा थोरै बझाङमा २२ घरपरिवार प्रभावित भएका छन् ।

    गत असार १ देखि १५ गतेसम्म भएका विपद्जन्य घटनाबाट प्रभावित बिभिन्न ८ जिल्लाका ५ सय ७३ घरपरिवारका लागि २ करोड ८६ लाखभन्दा धेरै रकम प्राधिकरणले पठाएको छ ।

    बस्ती स्थानान्तरणका लागि प्राधिकरणले गुल्मीमा २६ घर, धनकुटामा ९७ र लम्जुङमा ७४ घरपरिवारलाई घडेरी अनुदानका लागि २ करोडभन्दा धेरै रकम पठाएको छ ।

    २०७८ सालको मनसुनजन्य विपद्बाट प्रभावित निजी आवास अन्तर्गत कार्यविधिले तोके बमोजिम संघीय सरकारतर्फको लागत सहभागिताका आधारमा अस्थायी आवास निर्माणका लागि अनुदान, प्रवलीकरणका लाभग्राहीलाई प्रवलीकरण अनुदान, पुनर्निर्माणका लाभग्राहीलाई पहिलो, दोस्रो र अन्तिम किस्ता बापतको अनुदान रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाउने योजना प्राधिकरणको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij