काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउमा उछाल देखिएको छ ।
तिहारपछि पहिलोपटक बजार खुलेको दिन सोमबार सुनको भाउ गत बिहीबारको तुलनामा प्रतितोला १५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९२ हजार पुगेको छ ।
त्यस्तै चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर १२५० पुगेको छ ।