आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

शेयर बजार

दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/1610
    कात्तिक २२, २०७८ सोमबार
    दोहोरो अंकले घट्यो नेप्से, साढे ४ अर्बको कारोबार

    काठमाडौं । तिहार बिदापछि खुलेको सेयरबजार पहिलो दिन नै दोहोरो अंकले घटेको छ । आज (सोमबार) पुँजीबजार मापक परिसूचक (नेप्से) १९.२० अंकले घटेर २८२९.६५ विन्दुमा ओर्लिएको छ । तिहार बिदाअघिको अन्तिम दिन ५.२२ अंकले बढेको नेप्से २८४८.८४ विन्दुमा बन्द भएको थियो ।

    नेप्सेमा आज कारोबार पनि चार अर्ब ४२ करोड सात लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । कूल २३० वटा कम्पनीका ७२ लाख सात हजार ३९६ कित्ता सेयर ४९ हजार ५३० पटक किनबेच भएका थिए ।

    आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा ओर्लिएको छ ।

    आज आईसीएफसी फाइनान्स लिमिटेड र साहस ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो । अन्य तीन कम्पनीको मूल्य पनि सर्किट लेभलनजिक पुगेको थियो । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ७.९६ प्रतिशतका दरले गुमाएका छन् ।

    आज महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै ५२ करोड १० लाख तीन हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोही बैंकको सेयर सबैभन्दा धेरै छ लाख ७८ हजार ६२५ कित्ता तथा नबिल बैंकको सबैभन्दा धेरै दुई हजार ७३८ पटक किनबेच भएको नेप्सेले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij