काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त एवं पूर्व पत्रकार इला शर्माको हृदयाघातका कारण आज निधन भएको छ ।
उनको आज बेलुका नर्भिक अस्पतालमा निधन भएको पूर्व पत्रकार अमृता लम्सालले जानकारी दिएकी छिन। उनको दाहसंस्कार भोलि गरिनेछ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम समेत गरेकी थिइन । उनका दुई छोरीहरु छन् ।