आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुनको मूल्य घट्यो, चाँदीको स्थिर  


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1629
    कात्तिक २३, २०७८ मंगलबार
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर  

    काठमाडौं ,। मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।

    यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । 

    त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ थियो । 

    चाँदीको भाउ भने मंगलबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij