काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ७९.७९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १६.०२ अंकले ओरालो लागेको हो ।
मंगलबारको कारोबारमा २ सय २५ कम्पनी सामेल भएकामा १ करोड १९ लाख कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा १ लाखभन्दा धेरै पटक खरिदबिक्री हुँदा कारोबार रकम साढे ६ अर्ब पुगेको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर बजारमा १३ खर्बको तरलता रहे पनि कुल बजार पुँजीकरण ३८ खर्बमा छ ।
आज १३ वटै उपसूचकहरु राताम्य छन् । तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि अन्य कम्पनीका लगानीकर्ताले कमाउन सकेनन् ।
आज आईसीएफसी र महालक्ष्मी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिसेयर मूल्य १५ सय ७९ रुपैयाँमा २९ करोड रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै साहस ऊर्जाको २५ करोड, अपिको २२ करोडको कारोबार भएको छ ।