आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ सापटी दिने


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1674
    कात्तिक २४, २०७८ बुधबार
    राष्ट्र बैंकले २० अर्ब रुपैयाँ सापटी दिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो । 

    कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्‍व हुनेछ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिनेछ । 

    केन्द्रीय बैंकले बजारमा तरलताको अभावमा रिपोमार्फत पैसा पठाउने गर्छ भने अधिक तरलताको अवस्थामा रिभर्स रिपो मार्फत पैसा उठाउने गर्छ ।  पछिल्लो समय बजारको तरलता अभावको समस्यालाई हल गर्न बैंकले रिपो मार्फत बजारमा पैसा पठाउँदै आएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij