काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५० पैसा र बिक्रीदर १३८रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७० पैसा र बिक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५० पैसा र बिक्रिदर ८७ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ । जापनीज ऐन दशको खरिददर १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ । यता, मलेसियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कुवेत दिनार एकको खरिददर ३९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ५७ रहेको छ ।