आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

शेयर बजार ओरालोतिर, कारोबार रकम पनि घट्यो


  • 946
    SHARES
  • https://indrenipost.com/index.php/posts/1713
    कात्तिक २५, २०७८ बिहीबार
    शेयर बजार ओरालोतिर, कारोबार रकम पनि घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । नेप्से आज ५९.५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलब २९ विन्दुमा पुगेको छ ।

    त्यस्तै, आज नेप्सेमा ५ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । मंगलबार साढे ६ अर्ब भन्दा बढीको कारोबार भएको थियो । 

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् ।

    आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।      

    त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महिला लघुवित्त वित्तीय संस्था भएको छ । यस बैंकको आज ४७ करोड भन्दा बढीको कारोबार भएको छ ।                 
     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij