आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुन र चाँदीको मूल्य बढ्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1739
    कात्तिक २६, २०७८ शुक्रबार
    सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपालमा आज सुन र चाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९४ हजार ४०० रूपैयाँ तोकिएको छ ।

    यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रहने छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रूपैयाँ तोकिएको थियो ।

    शुक्रबार चाँदीको मूल्य एक हजार २८५ रूपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला एक हजार २७० रूपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५९ डलर आसपासमा कारोबार भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij