आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
images

सुन र चाँदीको मूल्य बढ्यो


  • 2.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1784
    कात्तिक २८, २०७८ आइतबार
    सुन र चाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला २०० रूपैयाँले उकालो लागेर ९४ हजार ६०० रूपैयाँ कायम भएको छ । गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको सूचीअनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रूपैयाँ छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै‚ आज चाँदीको मूल्य शुक्रबारका तुलनामा १० रूपैयाँले उकालो लागेर एक हजार २९५ रूपैयाँ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij