शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सुनको मूल्यमा गिरावट, आज तोलामा चार सयले घट्यो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2130
    मंसिर १५, २०७८ बुधबार
    सुनको मूल्यमा गिरावट, आज तोलामा चार सयले घट्यो

    काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा एक सयले घटेको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ ।  

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२०५ मा कारोबार भएकोमा आज प्रतितोला १२०० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij