शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

सीता दाहालको दोस्रो स्मृतिमा मानवसेवा आश्रम पुगे पचण्ड


  • 793
    SHARES
  • https://indrenipost.com/index.php/posts/9495
    असार २७, २०८२ शुक्रबार
    सीता दाहालको दोस्रो स्मृतिमा मानवसेवा आश्रम पुगे पचण्ड

    काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सीता दाहालको दोस्रो स्मृतिमा मानवसेवा आश्रममा पुगेर त्यहाँको विकासका लागि आफ्नो तर्फबाट सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन । 
    आज उनकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि सहयोग निरन्तर रहने कुरा बताएका छन । उनले भने, “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपाईहरुको भावना र आवश्यकता प्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरुलाई दिलाउन चाहन्छु ।”
    उनले स्व सीताको स्मृतिलाई दिगो राख्न सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको जानकारी दिए । यहाँ उनले आज आश्रितहरुलाई भोजन सेवासमेत प्रदान गरेका छन। उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको जनाए । 
    यो राष्ट्रिय रुपमा मात्रै होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गरेका छन । आउने दिनमा यसबाट सबैले ठूलो प्रेरणा लिने उल्लेख गर्दै उनले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता समेत जनाएका छन ।
    महत्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरु सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथाजस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij