बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

माओवादी केन्द्र र नेकपा मसालबीच पार्टी एकता


  • 7.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2573
    पुष ९, २०७८ शुक्रबार
    माओवादी केन्द्र र  नेकपा मसालबीच पार्टी एकता

    काठमाडौ । नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता भएको छ । शुक्रबार एक आयोजित कार्यक्रममा दुवै पार्टीका नेताहरुका बिच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ति जारी गर्दै एकता घोषणा गरेका छन । 

    नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच विभिन्न चरणमा भएका छलफल र कुराकानीका बिच उक्त एकता भएको प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


    ‘नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्र बीच वार्ता र संवादका दौरानमा नेकपा मसाल सम्पर्क केन्द्रले नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी आन्दोलन कै रहेको तथ्यलाई स्वीकार गर्दै वर्तमान राजनीतिक सैद्धान्तिक प्रश्नहरुको साथै संगठनात्मक प्रश्नमा पनि मुलत समान दृष्टिकोण मिलेको छ ।  प्रचण्ड र लम्सालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।


    साथै समझदारी बन्न बाँकी स्थानीय तहहरुका पार्टी सेलसम्मकै पार्टी संगठनको काम र जनवर्गीय मोर्चाहरुको एकीकरणको काम छिटै गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।


  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij