काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा चीन सयले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।