बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

राष्ट्रिय सभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2838
    पुष २१, २०७८ बुधबार
    राष्ट्रिय सभाका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो । 

    राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ । 

    राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन÷घोडा सत्तरी हजार र सवारी इन्धनमा १० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेगरी तोकिएको छ । 

    यस्तै प्रचार प्रसार सामग्रीमा १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी÷अन्तरक्रियामा एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध खर्च ३ हजार गरी कुल ३ लाख ५० हजारको खर्च सीमा आयोगले तोकेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij