बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

उपसचिवको ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा


  • 3.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2852
    पुष २२, २०७८ बिहीबार
    उपसचिवको ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा पैसा

    काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ ।

    कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ बोनीले बताए । १९ वटा बैंकमा विष्ट दम्पतीका नाममा खाता रहेको पनि आरोपपत्रमा उल्लेख छ ।

    अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij