काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको छ ।
बुधबार ३०.७७ अंक घटेर २६४९.१८ विन्दुमा बन्द भएको नेप्से आज दिन सो सेसनमा १.४३ अंक घटेर २६४७.७६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ९ कम्पनीको १० लाख ९८ हजार ३८३ रुपैयाँ ५० पैसा बराबरको २३ हजार ४४० कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारेबारमा आएकामध्ये ४ कम्पनीको सेयरमूल्य बढेको छ । त्यसैगरी ३ कम्पनीको सेयरमूल्य घट्दा २ कम्पनीको सेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ ।