काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२२५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।