काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ७ अंक बढेको छ ।
गत बिहीबार ४३.२९ अंक बढेर २६९२.४७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ७.४० अंक बढेर २६९९.८८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१६ अंक बढेको छ ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको १९ लाख ७१ हजार ४६५ रुपैयाँ ४० पैसा बराबरको ३ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।