बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

शेयर बजारमा ७३.१ अंकको वृद्धि, ७ अर्ब १० करोडको कारोबार


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/2922
    पुष २५, २०७८ आइतबार
    शेयर बजारमा ७३.१ अंकको वृद्धि, ७ अर्ब १० करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका पहिलो दिन आज आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७३.१ अंकले बढेर दुई हजार ७ सय ६५ दशमलब ४७ विन्दुमा पुगेको हो । त्यस्तै, आज ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।

    नेप्सेका अनुसार आज नौं कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्यभोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।    

    त्यस्तै, आज धेरैजसो डिबेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij