बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

खेलकुद

आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार चौथो सफलता, कमलले लिए दोस्रो विकेट


  • 613
    SHARES
  • https://indrenipost.com/index.php/posts/7444
    चैत १६, २०८० शुक्रबार
    आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाललाई लगातार चौथो सफलता, कमलले लिए दोस्रो विकेट

    काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा कमलसिंह ऐरीले नेपाल ‘ए’ लाई चौथो सफलता दिलाएका छन् । कमलले वुल्भ्सका स्टेफन डोहेनीलाई १४.४ ओभरमा पभेलिएको दिशा देखाए । चोटका कारण दुई वर्ष मैदानबाट बाहिर रहेको कमलले सानदार पुनरागमन गरेको हो ।

    जारी खेलमा कमलले लिएको यो दोस्रो विकेट हो । यसअघि कमलले इनिङको दोस्रो बलमा वुल्भ्सका रस अडायरलाई पभेलियनको दिशा देखाए । कीर्तिपुरमै दुई वर्षअघि भएको मलेसियाविरुद्धको खेलमा कलमको क्ल्याभिकल बोन (ब्युटी बोन) मा चोट लागेको थियो । त्यसयता मैदानबाट बाहिर रहेको कमलले वुल्भ्सविरुद्ध कप्तान विनोद भण्डारीबाट इनिङको पहिलो ओभर नै बलिङ गर्ने अवसर पाएका थिए ।

    खेलमा टस हारेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १५ ओभरको समाप्तिमा चार विकेट गुमाएर १४९ रन बनाएको छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ ।

    तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । दोस्रो खेल शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij