बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

अर्थतन्त्र

सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, आज प्रतितोला कति रुपैयाँमा कारोबार हुँदैछ ? 


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/7602
    चैत २८, २०८० बुधबार
    सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, आज प्रतितोला कति रुपैयाँमा कारोबार हुँदैछ ? 

    काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । 

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निधाृरण भएको छ ।

    यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निधाृरण भएको थियो । 

    यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij