बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

समाचार

हलगोरु पाल्न किसानलाई अनुदान दिने कार्यक्रम लागू 


  • 640
    SHARES
  • https://indrenipost.com/index.php/posts/7659
    बैशाख ३, २०८१ सोमबार
    हलगोरु पाल्न किसानलाई अनुदान दिने कार्यक्रम लागू 

    बागलुङ । बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि– २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

    गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हलगोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ । 

    बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए । 

    सापकोटाका अनुसार नगरपालिकाभित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।

    ‘हलगोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार÷पाँच हजारको दरले अनुदान दिइन्छ,’ सापकोटाले भने, ‘यो कार्यक्रम निरन्तर चल्छ, कम्तीमा एक किसानलाई रु १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।’ आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु १० हजार पुग्नेगरी रु १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।

    बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनले मिनीट्रिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महसुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताए । गोरु पाल्दा वातावरणीयरुपमा समेत फाइदा हुने उनको भनाइ छ । –रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij