बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

अर्थतन्त्र

तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घट्यो


  • 640
    SHARES
  • https://indrenipost.com/index.php/posts/7727
    बैशाख ७, २०८१ शुक्रबार
    तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा साढे १३ प्रतिशतले घट्यो

    काठमाडौं । २० वाणिज्य बैंकले चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूले चैत मसान्तसम्म ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो ।

    गत वर्षको चैत मसान्तसम्म २० वाणिज्य बैंकको नाफा ४७ अर्ब एक करोड ५३ लाख रुपैयाँ थियो । बैंकहरूको खराब कर्जाका कारण प्रत्यक्ष नाफामा प्रभाव पर्न गएको छ ।

    सर्वाधिक नाफा वृद्धि हुनेमा कृषि विकास बैंक छ । यो बैंकले गत वर्षको चैत मसान्तसम्मको तुलनामा ९७.२२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कृषि विकास बैंकले चैत मसान्तसम्म दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    त्यस्तै, सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक छ । यो बैंकले चैत मसान्तसम्म १३ करोड पाँच लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा यो बैंकको नाफा ९२.६८ प्रतिशतले घटेको छ ।

    गत वर्षको चैत मसान्तसम्म एक अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।चैत मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । यो बैंकले चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले सो अवधिसम्म तीन अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा नेपाल बैंकले गरेको छ । चैत मसान्तसम्म सात वाणिज्य बैंक नाफा बढाउन सफल भएका छन् भने १३ वाणिज्य बैंकको नाफामा कमी आएको छ । अर्थतन्त्रमा आएको मन्दीको असर बैंकको नाफामा पनि देखिएको छ । 

    Bank-1713511035.png

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij