बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोरोना कहर

कोभिड-१९ सङ्क्रमण भन्दा निको हुने दर बढ्यो


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/870
    असोज १०, २०७८ आइतबार
    कोभिड-१९ सङ्क्रमण भन्दा निको हुने दर बढ्यो

    काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणभन्दा निको हुने दर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गएको छ । केही दिनदेखिको जाँचमा सङक्रमितको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    हिजो १० हजार ५ सय ७९ जनामा कोरोना परीक्षण गर्दा ९ सय ५३ मा कोरोना पुष्टि भयो भने १३ सय ७१ जना कोरोनामुक्त भएका छन् । अस्ति १ हजार ५ सय ५० जना कोरोना सङ्क्रमणमुक्त भएका थिए भने त्यस अघिको दिन यो सङ्ख्या १३ सय २४ थियो ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले निको हुने दर बढे पनि सावधानी अपनाउन अनुरोध गरे ।

    शैक्षिक संस्था, सार्वजनिक सभासमारोह पूर्ण रुपमा सञ्चालनका लागि मन्त्रालयले अनुमति नदिएको जानकारी दिँदै सहप्रवक्ता अधिकारीले कोरोनाको अवस्थाको विश्लेषण गरेर मात्रै दसैँपछि धारणा बनाउने तयारी भएको उल्लेख गर्े ।

    कोरोना सङ्क्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण  नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ । १९ हजार ७ सय भने सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij