बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

परराष्ट्र मन्त्रालयले भन्यो– नेपाल आतंकवादविरुद्धको लडाइँका पक्षमा


  • 190
    SHARES
  • https://indrenipost.com/index.php/posts/9018
    बैशाख २५, २०८२ बिहीबार
    परराष्ट्र मन्त्रालयले भन्यो– नेपाल आतंकवादविरुद्धको लडाइँका पक्षमा

    काठमाडौं । भारत र पाकिस्तानबीच भइरहेकाेको तनावलाई लिएर नेपालल सरकारले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

    बिहिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ ।

    मन्त्रालयले भनेको छ, “नेपाल सरकार भारत र पाकिस्तानबीच बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्छ। नेपाल तनाव कम हुने अपेक्षा गर्छ र यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताप्रतिको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ।”

    “आफ्नो सैद्धान्तिक अडानअनुरूप नै आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा उभिन्छ। नेपालले कुनै पनि हानि पुर्‍याउने शक्तिहरूलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुन दिने छैन,” विज्ञप्तिमा भनिएको छ।

    मन्त्रालयले अप्रिल २२ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको स्मरण गराउँदै यस्ता गतिविधिको विरोध गर्ने जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij