बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

वर्षाकाल

आज बाहिरिने मनसुन बाहिरिएन, अब कहिले बाहिरिएला ?


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/968
    असोज १६, २०७८ शनिबार
    आज बाहिरिने मनसुन बाहिरिएन, अब कहिले बाहिरिएला ?

    काठमाडौं । वर्षा याम सुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनुपर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन अझै केही दिन रहने देखिएको मौसमविद्ले बताएका छन् । 

    मौसम पूवानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेसम्मको अनुमानमा कम्तीमा अरू ती दिन सोमबारसम्म मनसुन बाहिरिने छाँटकाँट देखिएको छैन । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ भए पनि यसपटक केही लम्बिएको हो । 

    मनसुन बिदा भएपछि पोस्ट मनसुन सुरु हुने र त्यसको केही समयपछि विन्टर अर्थात् हिउँद याम सुरु हुने मौसमविद् नगरकोटीले जानकारी दिइन् । 

    आज वर्षा ?

    मौसमविद् नगरकोटीका अनुसार अहिले (शनिबार) बिहान ७ बजे प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । ‘कतै हल्का, कतै छिटफुट र कतै मध्यमसम्म वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘बिहानै काठमाडौंमा पनि छिटफुट वर्षा भएको थियो तर अहिले रोकिएको छ ।’ उनका अनुसार आज दिउँसो वा अपराह्नतिर काठमाडौंमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

    मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्मलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरै आकाश खुला, थोरैमा बादल)देखि सामान्य (धेरै आकाश बादलले ढाकेको, थोरै खुला) बदली हुनेछ भने प्रदेश २ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा  मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । 

    राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लखे छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij