बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

कोरोना कहर

कर्णालीमा २२ प्रतिशतले लगाए कोभिडविरुद्ध पूर्ण खोप


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/991
    असोज १७, २०७८ आइतबार
    कर्णालीमा २२ प्रतिशतले लगाए कोभिडविरुद्ध पूर्ण खोप

    सुर्खेत । कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

    जसमध्ये डोल्पाका ६ हजार ६ सय ३३, मुगुका ९ हजार ६ सय ८, हुम्लाका ६ हजार ८ सय ५३, जुम्लाका २१ हजार ६४, कालीकोटका १५ हजार १०८, दैलेखका ३२ हजार ३७६ जनाले पूर्ण खोप लगाएका छन् ।

    यस्तै जाजरकोटका ११ हजार ७०९, रुकुम पश्चिमका २९ हजार ५५, सल्यानका ३३ हजार २१, सुर्खेतका ७७ हजार १५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।

    यस्तै कर्णाली प्रदेशका ३३ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । २०७७ माघ १४ गतेदेखि ०७८ असोज १० गतेसम्मको तथ्याङ्क अनुसार ३ लाख ६१ हजार ९ सय ६० जनाले पहिलो डोज लगाएका छन् ।

    निर्देशनालयका अनुसार डोल्पाका १० हजार १८४, मुगुका १७ हजार ८२१, हुम्लाका १२ हजार ९७५, जुम्लाका २६ हजार २१०, कालीकोटका २० हजार ८१२, दैलेखका ५४ हजार २७२, जाजरकोटका १९ हजार ५७३, रुकुम पश्चिमका ३३ हजार ४२०, सल्यानका ४३ हजार ८५३, सुर्खेतका १ लाख २२ हजार ८४० जनाले पहिलो डोज लगाएका छन् ।

    कर्णालीको कुल जनसंख्या १८ लाख २४ हजार १३१ छ । जसमध्ये १८ बर्ष माथिका १० लाख ९४ हजार ४७९ जनालाई कोभिड विरुद्धको खोप लगाउने लक्ष्य छ । कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत जनसंख्या १८ बर्षमुनिका रहेका छन् ।

    कर्णाली प्रदेशका स्थानीय तहहरुमा अहिले पनि खोप लगाउने काम भइरहेको छ । नेपाल सरकारको लक्ष्यअनुसार दसैं–तिहारको बीचसम्म कर्णालीका पनि ५० प्रतिशत नागरिकले पूर्ण रुपमा खोप पाउने अपेक्षा गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij