सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

शेयर बजार

शेयर बजारमा ४१.८४ अंकको बृद्धि, कारोबार रकम बढ्न सकेन


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1030
    असोज १९, २०७८ मंगलबार
    शेयर बजारमा ४१.८४ अंकको बृद्धि, कारोबार रकम बढ्न सकेन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा थामिएको छ ।

    त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।  

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कमपनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।       

    नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।       

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij