उदयपुर । त्रियुगा नगरपालिका –९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै मुत्यु भएको छ । प्रसूति गराउन जिल्ला अस्पताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको छ।
सुत्केरी व्यथा लागे पनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला अस्पतालमा प्रसूति गराउन ल्याएका थिए । उनको अस्पताल ल्याउनु अघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए ।
गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएको अस्पतालले जानकारी गराएको छ ।