बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

चाडवाड

दशैँको टीका लगाउँदा उच्चारण गरिने मन्त्र नेपालीमा


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1200
    असोज २९, २०७८ शुक्रबार
    दशैँको टीका लगाउँदा उच्चारण गरिने मन्त्र नेपालीमा

    काठमाडौं । दशैंमा टीका ग्रहण गर्दा मान्यवरहरुले भनेर आर्शिवाद अनि त्यसको महत्व सस्कृत भाषामा पढिन्छ, टीका लगाँउदै पढिने यस्ता मन्त्रहरुको सरल नेपालीमा नभनिदिँदा कैयन सस्कृत मन्त्रको बिशेषता र ज्ञानवाट बञ्चीत छन् । 

    हामीमध्य पनि धेरैले धेरै पटक यस मन्त्रोच्चारणसंगै टीको नथापेका कहाँ हौं र ? तथापि अर्थ भनें खासै थाहा नहुन सक्छ, हैन र ?

    महिला अनि पुरुषहरुका लागि बेग्लाबेग्लै मन्त्र रहेका छन् । जसमा पौराणीक चरित्रहरुसंग दाँजेर ती अनुसारका गुणहरु टीका ग्रहण गर्ने व्यक्तिमा होस् भनि आशिष दिईन्छ । यसपालाको दशैंवाट यी मन्त्रहरुलाई सरल नेपाली भाषामा सबैले बुझ्नेगरि पनि दोहोर्याउने पो हो कि ?

    अर्थ नबुझेसम्म त महत्व पनि त थाहा हुदैन नि हैन र ?

    पुरुषहरुका लागि

    आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।
    ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
    शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
    विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ॥

    द्रोणको छोराको जस्तो आयु होस् , अर्थात द्रोणका छोरा अस्वस्थामा हुन् । एक पटक अस्वस्थामाले अभिमन्युकी पत्नी उत्तरालाई हतियार प्रहार गरेका हुन्छन्, यसको सरापमा भगवान कृष्णले उन्लाई ३ लाख बर्षसम्म बाँच्नै पर्ने तथ्यवाट सरापेका हुन्छन । यस भनाई वाट द्रोणका पुत्रको जस्तो आयु त एउटा प्रत्यक्ष कथन मात्र हो, अर्को तर्फ जीवनको मुल्य अनि असल कर्म गर्न पनि प्रेरित गरिएको छ ।

    दशरथको जस्तो श्रीसम्पती होस् अनि राम अर्थात राघवको जस्तो शत्रुलाई परास्त पार्न सक्ने क्षमता होस् भनिएको हो ।

    ऐश्वर्य नहुषे अर्थात नहुष स्वर्गका निमित्त राजा हुन् । देवराज ईन्द्रको अनुपस्थितीमा नहुषले स्वर्गमा राज गरेका हुन्छन् । आफ्नो राजकाजमा अत्यन्त बिलासी जीवन बाँचेका नहुषको जस्तो सुख ऐश्वर्य होस् भनिएको हो ।

    रोचक कथन के छ भनें नहुषले ईन्द्र देव कि श्रीमती सचीको भोग गर्ने लालसा राखेका हुन्छन् र यो दुसस्साहसकालागि उन्लाई पृथ्वीमा हजारौं बर्ष किराका रुपमा बाँच्नपर्ने श्राप लागेको हुन्छ । ऐश्वर्यको सिमा अनि सत्यताको वकालत पनि नहुषको उदहारणले सबैलाई यस मन्त्र मार्फत गरेको छ ।

    पवन अर्थात वायुको जस्तो गति होस् भनेंर अपेक्षा गरिएको छ । घर भन्दा पर हुनुहुन्छ भनें पनि यि नेपालवाट शहने हावाका झोंकाहरुले हामीलाई अनि तपाँईलाई शिघ्रादिशिघ्र देशको माया प्रवाह गरिरहेछन् ।

    त्यसै गरि दुर्योधनको जस्तो मान होस् , दुर्योधनले आफुले हार्ने जान्दाजान्दै पनि आफ्नो बचन अनि मानका लागि महाभारत युद्ध लडेका हुन् । आफ्ना मानका खातिर रत्तिभर पनि नझुक्ने दुर्योधनको यो प्रवृतिलाई पनि मन्त्रले समावेश गरेको छ ।

    सुर्यका सुत अर्थात सुर्य पुत्र कुन्तीको जस्तो दान गर्ने मनशाय र भाव होस् भनिएको हो । जन्मदै लगाएर आएका कवच पनि ईन्द्रलाई दान दिएका अनि त्यही दानका कारणले कमजोर भएक कर्णको युद्धमा पराजय र बिरगती हुनजान्छ ।

    हलधर अर्थात हलो बोकेर हिड्ने बलरामको जस्तो बल होस् भनिएको हो । भीम, दुर्योधन लगायत अन्य धेरै पौराणीक पात्रहरुका कुस्ती गुरु बलरामको बलको चर्चा शास्त्रहरुले यथेस्ट गरेको छ । कुन्ती पुत्र युधीस्ठीरको जस्तो सत्यता होस् भनिएको छ, उनले जीवनकालमा केवल एकफेर मात्र झुठो बोलेका भनिएको छ । स्मरण रहोस् हिन्दु धर्मशास्त्रमा सत्य भन्नाले सत्यता मात्र नभईकन पवित्र जिवनशैली पनि हो ।

    अन्तमा बिज्ञानका लागि प्रसिद्ध एकजना कलाकौशलताका धनी बिदुरलाई संवोधन गरिएको छ । उनी जस्तै कला, दर्शन अनि सिपमा कौशल रहनु भन्दै माथि उल्लेखित सबैजनाको गुण कायम होस् भनिएको हो ।

    महिलाको लागि

    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
    दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
    जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
    जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
    यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
    मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन ।

    जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति
    नमन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij