बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

पहिरोमा परेर एकजनाको मृत्यु, एक बेपत्ता


  • 91
    SHARES
  • https://indrenipost.com/index.php/posts/9471
    असार २५, २०८२ बुधबार

    म्याग्दी, २५ असारः म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । 
    लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिएका छन । 

    उनका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij