बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

आज विश्व खाद्य दिवस मनाइँदै


  • 703
    SHARES
  • https://indrenipost.com/index.php/posts/1210
    असोज ३०, २०७८ शनिबार
    आज विश्व खाद्य दिवस मनाइँदै

    काठमाडौं । आज ४१औँ विश्व खाद्य दिवस । संसारभर ‘स्वस्थ भविष्यका लागि सुरक्षित खाना’ भन्ने नाराका साथ मनाइँदै छ ।

    नेपालमा पनि कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणमा जोड दिँदै कार्यक्रम गर्ने गरिन्छ । तर यस वर्ष भने दशैं परेकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

    सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो । सन् १९७१ मा राष्ट्र संघको २०औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।

    नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । कृषि प्रधान मुलुक नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसहरु कृषिमा निर्भर रहेका कारण यहाँ तीव्र भोकमरीको समस्या नभए पनि कर्णाली क्षेत्र लगायत हिमाली जिल्लाहरुमा भने वर्षमा ६ महिना चर्को खाद्य संकट भने हुने गरेको छ ।

    संसारभर बर्सेनि एक करोडभन्दा धेरै मानिस भोकमरीको चपेटामा पर्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यस्तै‚ संसारका झण्डै ९० करोड मानिसका अगाडि भोकमरीको चुनौती छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij