सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाखले पाए १०/१० कित्ता


  • 1.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/1332
    कात्तिक ५, २०७८ शुक्रबार
    न्यादी हाइड्रोपावरको सेयर बाँडफाँट, २ लाखले पाए १०/१० कित्ता

    मनठानडनशे. । न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरेको छ । 

    कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

    कम्पनीले निष्काशन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । 

    आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाखबराबरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । 

    निष्काशित सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

    कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

    आयोजना निर्माणको कुल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

    बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट ९मेरो सेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij